समाज

बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी सिंह पक्राउ

पब्लिक प्रेस संवाददाता
राजबिराज कार्तिक २१ गते ।
सप्तरीकाे तिलाठी कोईलाडी गाउँपालिका ६ बस्ने बर्ष ३६ काे चन्दन कुमार सिंह बैकिङ्ग कसुर मुद्धामा पक्राउ परेका छन् । उनलाई चेक बाउन्सकाे आरोपमा सप्तरी प्रहरीले नीज निवासबाटै बुधबार पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जारी गरेकाे प्रेस बिज्ञप्ती अनुसार साेही वडा बस्ने भगवानलाल यादवसंग चन्दनले जग्गा किन्नको लागि ४८ लाख ७५ हजार रुपैयाँ लिएकाे थियाे । साे रकम माँग गर्दा सिंहले आफ्नो नाममा संचालनमा रहेको सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय राजविराजकाे खाता नम्बर ०२०१५२०५५९५ को चेक नम्बर ००१८३६४८७३ मा तिर्नुपर्ने सबै रकम चेक काटी यादवलाई दिएकाे थियाे । यादवले सिटिजन्स बैंकमा उक्त चेक साट्न जाँदा बैंकले चेक बाउन्स गरि चेक फीर्ता गर्याे यही मुद्धामा यादवले सिंहको विरुद्धमा बैकिङ कसुर मुद्दाको जाहेरी दरखास्त पेश गरेको थियाे । सिंहलाई सम्मानित जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसंधान भइरहेकाे बिज्ञप्तीमा उल्लेख छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button