समाज

सप्तकाेसीमा २ घर जल्दा १५ लाख बढीकाे क्षति

डम्बर राई
राजबिराज कार्तिक ३० गते ।

सप्तरीको सप्तकोसी नगरपालिका ११ स्थित भगनी मलेठमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल नष्ट भएकाे छ । स्थानीय फुलदेश्वर माझी र विन्देश्वर माझीको गरि २ वटा घरमा बिहिबार राति आगलागी भएकाे ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । प्रहरीकाे अनुसार माझीद्वयकाे काठको दुई तल्ले घर र खन्न खाधवस्तु, लत्ताकपडा सहित घरभित्रका सबै सामान जलेर खरानी भएको हो।

मध्यरातीकाे समय भएकाेले आगो नियन्त्रणमा लिन नसकेकाे स्थानियले बताए । सप्तकाेशी र कञ्चनरूप नगरपालिकाबाट बारुणयन्त्र तत्कालै आउन नसकेका कारण आगो नियन्त्रणमा समस्या भएको स्थानीयहरूले गुनासो समेत गरे । हनुमाननगर कंकालिनी नगरपालिकाबाट बारुणयन्त्र आउन केही ढिलाइ भएपनी आगो नियन्त्रणमा सहयोग पुगेको थियाे ।

पिडितहरूलाई सप्तकाेसी नगरपालिकाले राहत उपलब्ध गराउन पहल भइरहेकाे नगर प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिएकाे छ । ढकालका अनुसार शुक्रबार दैबिप्रकाेप समितिकाे बैठक बसी राहतका लागि निर्णय गरेकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button