समाज

“रक्त दान जीवन दान” : ब्रह्माकुमारीज वरदानी भवन, राजविराजमा दोस्रो दिन २५ जनाले गरे रक्तदान

राजविराज, ।
“रक्त दान जीवन दान” भन्ने नारासहित विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारीज संस्थाका प्रमुख मार्गदर्शक आदरणीय डा. दादी प्रकाशमणीको १८औं पुण्य तिथिको अवसरमा ब्रह्माकुमारीज वरदानी भवन, राजविराजमा आयोजित रक्तदान कार्यक्रममा शनिबार दोस्रो दिन २५ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा नेपाली सेना श्री बरख गणबाट नवीन निरौला, राजेन्द्र सुनार, यमराज कोइराला र मन कुमार राई गरी ४ जना सुरक्षाकर्मीहरूले पनि स्वेच्छिक रूपमा रक्तदान गरेका छन्, जसले समाजप्रतिको उत्तरदायित्वलाई थप उदाहरणीय बनाएको छ।

रक्तदान कार्यक्रममा विभिन्न वर्ग, समुदाय र पेशामा आवद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रह्यो। आयोजक संस्थाका अनुसार उक्त कार्यक्रमको उद्देश्य केवल रक्त संकलन मात्र नभई सेवा, सहकार्य र मानवीय मूल्य प्रवर्द्धन गर्नु पनि हो।

ब्रह्माकुमारीज राजविराज शाखाका प्रतिनिधिहरूले सहभागी तथा सहयोगी सबैप्रति आभार प्रकट गर्दै यस्ता सेवा मूलक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर रूपमा आयोजना गरिने जानकारी गराएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button