समाज

सप्तरीमा झुण्डिएको अवस्थामा शव फेला

पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३ नघो पूर्वारी टोलमा फासो लगाई झुण्डिएको अवसथामा एक जनाको शव फेला परेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ खुरहुरीयाका सत्रुघन यादवका छोरा वर्ष २३ को जितेन्द्र यादव मंगलबार बिहान फासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।
सोमबार दिउँसो बूढी र बच्चा लिन ससुराली आएको जितेन्द्र बिहान झुण्डिएको अवस्थामा फेला स्थानीयले बताए । केही दिन अगाडि विदेशबाट घर आएको जितेन्द्र आफ्ना बढी र बच्चालाई लिन सोमबार ससुराली राति घर बिहान घाँटीमा फासो लगाई रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको स्थानीयले बताए ।
ससुरा लखन यादवको ज्वाइँ रहेको जितेन्द्र राति घर नजिकै करिब ५० मिटर अगाडि बगैंचामा रहेको आँपको बोटमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी जनाएको छ ।
मंगलबार बिहान करिब पौने ७ बजेको समयमा स्थानीयले घटनाबारे इलाका प्रहरी चौकी झुट्कीमा खबर गरेपछि चौकीबाट प्रहरी बरिष्ठ नायब निरीक्षकको कमान्डमा ४ जनाको टोली घटनास्थल पुगी कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागि गजेन्द्रनारायाण सिंह अस्पताल राजविराज पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी चौकी झुट्कीले जनाएको ।
घटनास्थल इलाका प्रहरी चौकी झुट्की देखी करिब ३ किलोमिटर उत्तरपूर्व रहेको प्रहरीले जनाएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button